- प्रकाशचन्द्र परियार

नेपालको समकालीन राजनीतिले इमानदार, विचारवान र समाजका सबै वर्गको पीडा बुझ्ने नेतृत्व खोजिरहेको छ। यही सन्दर्भमा प्रकाशचन्द्र परियारजस्ता नेता अबको राजनीतिक यात्राका लागि आवश्यक देखिन्छन। मूलधारको पत्रकारिताबाट सार्वजनिक जीवन शुरु गरेका परियारले कान्तिपुर टेलिभिजनमा एक दशकभन्दा बढी समय सामाजिक र राजनीतिक विषयमा सक्रिय पत्रकारिता गर्दै समाजका वास्तविक समस्याहरू नजिकबाट बुझे। पत्रकारका रूपमा उनले सत्ताको निगरानी मात्र गरेनन्, सीमान्तकृत समुदायका आवाजलाई राष्ट्रिय बहसमा ल्याउने काम पनि गरे। यही अनुभवले उनलाई नीतिगत निर्णय गर्दा समाजको वास्तविक आवश्यकता बुझ्ने सक्षम नेताका रुपमा स्थापित गराएको छ। सामाजिक न्याय र मानवअधिकारका क्षेत्रमा उनको लामो सक्रियता अर्को महत्वपूर्ण पक्ष हो। Human Rights Journalists Association का संस्थापक अध्यक्षका रूपमा उनले पत्रकारितालाई मानव अधिकारसँग जोड्ने अभियान चलाए भने Federation of Nepali Journalists को केन्द्रीय समितिमा रहेर प्रेस स्वतन्त्रता र समावेशी सञ्चारको पक्षमा काम गरे। नेपालको राजनीतिमा अझै पनि कमजोर समुदायको प्रतिनिधित्व सीमित रहेको अवस्थामा दलित समुदायबाट उठेका शिक्षित, अनुभवी र राष्ट्रिय दृष्टिकोण भएका नेताका रूपमा परियारको उपस्थिति विशेष महत्व राख्छ। उनको नेतृत्व क्षमताको उच्च प्रदर्शन अन्तर्राष्ट्रिय रूपमा पनि सुचपरिचित छ। उनले Australian Leadership Award प्राप्त गरी नेतृत्व विकास तालिम पूरा गरेका छन् भने मानव अधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदानका लागि भारतमा Dr. Ambedkar International Award बाट सम्मानित भएका छन्। नेपाली राजनीतिमा प्रवेश गरेपछि पनि उनले वैकल्पिक राजनीतिक आन्दोलनलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन। विवेकशील साझा पार्टीका केन्द्रीय उपाध्यक्षसहित विभिन्न जिम्मेवारी सम्हाल्दै प्रकाशले नीतिगत बहस, संगठन निर्माण र सामाजिक न्यायको एजेन्डालाई अघि बढाउँदै आएका छन। अहिले प्रकाश देशवासीको मन मस्तिष्कमा अमीट छाप छोड्न सफल सबै देशवासीको प्रिय राष्ट्रिय स्वतन्त्र पार्टीको संघीय संसदीय दलको सचेतकका रूपमा सक्रिय छन्। परियारको राजनीतिक प्रेरणा सत्ता प्राप्ति नभै यो देशको न्याय र समानताका लागि संघर्ष हो। उनका भाइ दयाराम परियारले जनआन्दोलन ६२/६३ मा शहादत प्राप्त गरेका थिए। यहि पारिवारिक संघर्ष र इतिहासले उनलाई लोकतन्त्र, समानता र सामाजिक न्यायको पक्षमा अझ दृढ बनाएको छ। त्यसैले पत्रकारिता, सामाजिक आन्दोलन, अन्तर्राष्ट्रिय नेतृत्व अनुभव र वैकल्पिक राजनीतिक दृष्टिकोण—यी सबै गुणको संयोजन भएको नेतृत्व अहिले नेपालको राजनीतिलाई आवश्यक छ।
यही कारणले प्रकाशचन्द्र परियार केवल एक सांसद मात्र होइनन्, सामाजिक न्याय र सुशासनको सम्भावित नेतृत्वका रूपमा अबको नेपाली राजनीतिमा महत्वपूर्ण आवश्यकता बनेका छन्।